पश्चिम-अफ्रिकी मुलुक मालीको डोगोन जनजाति बसोबास गर्ने एउटा गाउँमा आक्रमण हुँदा करिब एक सय मानिस मारिएका छन् । आक्रमण सांगा टाउननजिकै पर्ने सोबानी कोउमा भएको जनाइएको छ।

घटनास्थलबाट ९५ वटा शवहरू जलाइएको अवस्थामा भेटिएको एक स्थानीय अधिकारीले बताए । अन्य शवको खोजी कार्य भइरहेको छ । बंकास नगरका मेयर मौलाय गुइन्डोले सोही क्षेत्रमा बसोबास गर्ने फुलानी समुदायले साँझ परेपछि हमला गरेको बताए ।

केही महिनायता मालीमा जातीय र जिहादी समूहद्वारा थुप्रै आक्रमण हुँदै आएका छन् । आदिवासी शिकारी समुदाय डोगोन र अर्ध-फिरन्ते समुदाय फुलानीबीच बेलाबखत परस्पर झडप हुँदै आइरहेको छ ।

सोही क्षेत्रमा मार्च महिनामा पनि डोगोन जातिका परम्परागत शिकारी भेषमा आएका सशस्त्र समूहद्वारा १ सय ३० भन्दा बढी फुलानी गाउँलेहरू मारिएका थिए ।

मालीको मध्य प्लेटु क्षेत्रमा डोगोन जातिका ४ देखि ८ लाख आदिवासीको बसोवास छ । डोगोन आफ्नै भाषा र परम्परा भएको एक हतियारधारी मिलिसिया समूह हो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement