काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसरमा सिंहदरबारमा एभोकाडोको विरुवा रोप्नु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिवसको अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरेको बताउनु भयो । उहाँले गत वर्षदेखि सरकारले सुरु गरेको ‘एक नेपाली एक फलफूलको विरुवा रोप्ने अभियानको क्रममा गत वर्ष कागती, अलैंची, सुन्तला, आँप, लिचि, केरा, स्याउ, अम्बा, अनार, जुनार, ओखर, लक्ष्सी, किबी, अंगुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७ सय ३९ विरुवा रोपेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

साथै कृषि वन विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलका विरुवा रोप्ने नीति अबलम्बन गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement