काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको अन्त्येष्टि गरिएको छ ।

खत्रीको राष्ट्रिय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि गरिएको हो । १ सय वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । खत्री २०३३ साउन २४ देखि २०४२ मंसिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुभएको थियो । उहाँ सर्वोच्च अदालतका छैठौं प्रधानन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement