भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। कांग्रेस कार्यसमिति बैठकमा राहुल गान्धीले लोकसभामा निर्वाचनमा आफ्नो पार्टीले नराम्रोसँग हार बेहोरेपछि राजीनामाको घोषणा गरेका हुन्। कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले गान्धीको यो कदम अहिलेको परिपेक्षमा अपरिपक्व भएको भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। हारको जिम्मेवार आफु पनि भएको भन्दै गान्धीले आफ्नो राजीनामामा फिर्ता नलिने बताएका छन् । कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको छ। भारतको सबैभन्दा पूरानो पार्टीको अध्यक्ष अब को होला, पार्टी कसरी अगाडी बढ्छ भन्ने बहस भारतीय संचारमाध्यममा सुरु हुन थालेको छ ।

सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो। यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ।

यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ।

सम्बन्धित खवर

Stay Connected

Advertisement