काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

काठमाडौंको घट्टेकुलोमा निर्माण हुन लागेको वीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलान्यासको क्रममा नेता सिंहले सांसदलाई आउने बिकास बजेट हचुवाका भरमा खर्च नहुने भन्दै यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले बिकास बजेट कार्यक्रम प्रक्रियाका आधारमा मात्र खर्च हुने बताउनुभयो । जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको चाहनाअनुसारको विकास गर्नका लागि बिकास बजेट महत्वपूर्ण हुने उहाँकोे भनाई थियो ।

कार्यक्रममा काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुले महानगरको एक पैसा पनि आफ्नो व्यक्तिगत खातामा नरहेको दाबी गर्नुभयो । उहाँले आफुमाथि भ्रम फैलाउन विरोधीहरुले हल्ला फैलाएको स्पष्ट पार्नुभयो । साढे चार तल्ला निर्माण हुने यो भवन १६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement