काठमाडौं । प्रहरीको मोस्ट वान्टेडको सूचिमा रहेका काले भनिने विष्णु तामाङ र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।

छ वर्ष देखि प्रहरीकाे फरार सूचीमा रहेका तामाङलाई पक्रन काठमाडौंको टोखा पुगेको प्रहरीमाथि तामाङले गोली चलाएका थिए । प्रतिकारमा प्रहरीले गोली चलाउदा तामाङ घाइते भएका छन् । घाइते तामाङको उपचार वीर अस्पतालमा भइरहेको छ । प्रहरीले तामाङलाई सात वटा चोरीका घटनामा संलग्न रहेको उल्लेख गरेको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement