काठमाडौं । जेठ ३ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ । मिलन चाम्सको निर्देशनमा रहेको यो चलचित्रको यसअघि सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ले चर्चा पाइरहँदा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्र‘‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् ।

चलचित्रमा दयाहाङ राई, वर्षा सिवाकोटी, पल शाह, नाजिर हुुसेन, अनुप विक्रम शाही, दीया पुन, देशभक्त खनाल, बुद्धि तामाङ, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा र सुदीप बरालको छयाँकन रहेको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement