काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूकम्पले क्षतिग्रस्त सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गर्नुभएको छ ।

काठमाडौ महानगरपालिका र राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले काठमाडौंको बसन्तपुरमा आयोजना गरेको बिनासकारी भूकम्पको चौथो स्मृति सभामा प्रधानमन्त्री ओलीले सम्पदा पूननिर्माणमा विवाद गर्न नहुने भन्दै सम्पदाको निर्माणमा ढिलाई नगर्न आग्रह गर्नुभएको हो । काठमाडौ लगायत मुलुकका सम्पदाको निर्माणको काम भइरहेको भन्दै अनुचित विवादमा अल्झन नहुने पनि उहाँले बताउनुभयो । उहाँले सम्पदा पूनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाएको भन्दै अबको २० महिनाभित्र पूर्णतामा पुर्याउने दाबी गर्नुभयो । उहाले केहि स्थानको सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको भन्दै बाँकी काम पनि छिटो सकिने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले ऐतिहासिकतालाई तोडमोड नगरी सम्पदाको निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केही स्थानको सम्पदा निर्माणमा अवरोध भइरहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो । काठमाडौ महानगर रहेको बागदरवारको निर्माण कार्य अघि बढाउन नदिदा कार्यसम्पादनमा नै समस्या परेको उहाँले बताउनुभयो ।

कार्यक्रमपछि प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभयो । प्रधानमन्त्रीलाई राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी गराउनु भएको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सोही क्षेत्रमा रहेको पूननिर्माण हुँदै गरेको काष्ठमण्डपको पनि अवलोकन गर्नुभएको थियो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement