ललितपुर । आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यो वर्ष फलदायी हुने भएको छ । यो वर्ष मनसुनमा केही स्थानबाहेक मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरिएको छ ।

ललितपुरमा मौसम बिज्ञान बिभागले प्रदेश नम्वर १, २ ३ र ५ मा औसत भन्दा केही कम र अन्य स्थानमा औसत वर्षा हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले प्रक्षेपण गरेको तथ्यांकको जानकारी दिएको हो । सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्मलाई औसत वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा मौसमविद्हरु न्यून वा अधिक वर्षाका रूपमा बुझ्ने गर्छन् । विश्व मौसम संगठनको अगुवाइमा मञ्चले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा एक महिनाअगावै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ । जस अनुरुप मञ्चको १४ औं बैठक काठमाडौंमा बैंशाख ९ र १० गते बसेको बिभागले जनाएको छ ।

साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मका ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ । नेपालमा जुन दोस्रो साता भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि निस्क्रिय हुने गर्छ । उक्त अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement