बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन। दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका हुन। सनी देओलले फिल्ममार्फत सुरक्षा बलको हौसला बढाएको र वास्तविक राजनीतिमा पनि त्यो कामलाई अगाडि बढाउने मन्त्री गोयलले बताए।

सनी देओल कुन लोकसभा सिटबाट निर्वाचन लड्दैछन् भन्नेबारे पार्टीले निर्णय लिने बताउनु भयो । भारतमा अहिले लोकसभा निर्वाचन चलिरहेको छ। सनी देओलले आफ्ना बुबा भारतीय जनता पार्टीका नेता अटलबिहारी बाजपेयीसँग जोडिएको र आफू नरेन्द्र मोदीसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यसैगरी, सनीले देशका युवावर्गलाई प्रधानमन्त्री नरेन्द्र मोदीको खाँचो रहेकोले आफूपनि मोदीसँग जोडिएको प्रतिक्रिया दिनुभयो। सन् १९८२ मा बेताब फिल्मबाट आफ्नो करियर शुरु गरेका सनीले १९९० मा घायल फिल्मबाट निक्कै लोकप्रियता र चर्चा पाउनु भएको थियो । उहाँको दामिनी, गदर, हीरो, अपने सफल चलचित्र हुन।

सम्बन्धित खवर

Stay Connected

Advertisement