श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट आइएस समूहले लिएको छ ।

ट्वीटरमार्फत हमलामा हमलामा संलग्न भएकाहरुको तस्विर सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको तस्विरमा ८ जना आतंककारीहरु रहेका छन्। जसमध्ये १ जनाको मात्रै अनुहार देखाइएको छ । आइएसले ती ८ जना ब्यक्तिहरुले नै श्रीलंकामा हमला गरेको जनाएको छ।

श्रीलंकामा गत आइतबार भएको बम विष्फोटमा ३ सय २१ जनाको ज्यान गएको थियो । ५ सय जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ४० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। श्रीलंकामा थप घटना हुन नदिन कफ्यू लगाइएको छ।

सम्बन्धित खवर

Stay Connected

Advertisement