काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघले काठमाडौमा आयोजना गरेको बजेट छलफलमा उहाँले राजस्वको लक्ष्य र संकलनमा अन्तर भएपनि जथाभावी आयात गर्न दिने पक्षमा आफू नभएको उल्लेख गर्नुभयो । विगतका वर्षमा राजस्वको लक्ष्य पुरा नहुँदा जस्तो सुकै वस्तुको आयातमा खुला गरिएको भन्दै खतिवडाले त्यसलाई गलत कामको संज्ञा दिनुभयो । पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री खतिवडाले स्रोतको ठूलो दबाबबाट सरकार गुज्रिरहेको भन्दै त्यसको व्यवस्थापन नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षका सुरुवाती नौ महिनासम्म खर्च कम भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले वर्षको अन्त्यसम्ममा संशोधित अनुमानभन्दा धेरै खर्च हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । खतिवडाले सामाजिक सुरक्षा राज्यको दायित्व मात्रै हो भनेर बुझ्न नहुने पनि उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement