नेपाल आर्मीका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकदुअन्तर्गत म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ४२.१२९ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै बस्नेतले स्वर्ण जितेका हुन् । उहाँले धावक बैकुण्ठ मानन्धरको रेकर्ड भने तोड्न सकेनन्। मानन्धरले म्याराथन २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गरेका थिए।

यस्तै प्रदेश ६ का दुर्गा बुढा दोस्रो भए । बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा पूरा गरेका थिए । एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट ७ सकेण्डको समय निकाल्दै तेस्रो हुनुभयो । रामेछाप गोकुल गाउँपालिका ३ का बस्नेत विगत १३ वर्षदेखि नेपाल आर्मीमा हुनुहुन्छ । उनी खेलाडीको रुपमा नभई आर्मीको जागिरेको रुपमा आवद्ध भएका थिए।

सम्बन्धित खवर

Stay Connected

Advertisement