श्रीलंकामा सामािजक संजाल फेसबुक बन्द भएको छ ।

हिंसात्मक गतिविधि नबढोस् भनेर तत्कालको लागि फेसबुक बन्द गरिएको श्रीलंका सरकारले बताएको हो । आइतबार श्रीलंकामा श्रृंखलाबद्ध बम विष्फोट हुँदा २ सय ७ जनाको मृत्यु भएको थियो भने ४ सय ५० जना घाइते भएका थिए।

फेसबुकमार्फत हिंसालाई बढावा दिने खालको सन्देश आदानप्रदान हुने भएकोले श्रीलंका सरकारको आग्रहमा फेसबुक बन्द गरिएको फेसबुक प्रवक्ताले जनाएका छन् ।

सम्बन्धित खवर

Stay Connected

Advertisement