काठमाडौं । गायक ब्रबिम शेर्मा लिम्बुको नयाँ गीत भिडियो सार्वजनिक भएको छ ।

लिम्बु भाषाका लोकप्रिय गायक लिम्बुले यसपटक ‘सेवारो नमस्ते’ शीर्षकको गीतको भिडियोमार्फत दर्शकमाझ आएका हुन् । यो गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । दीलकमल शर्मा र ब्रबिम शेर्माको संगीत निर्देशनमा रहेको यो गीतलाई फणिन्द्र राईले संगीत दिएका छन् । शब्द दीलकमलकै रहेको छ ।

गीतको भिडियोलाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन गर्नुभएको छ । भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसँग अभिनय गरेका छन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीको छायाँकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

सम्बन्धित खवर

Stay Connected

Advertisement