चलचित्र हिरो नम्बर वान को छायाँकन सुरु भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जय किशन बस्नेत रहेका छन् ।

जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने यस चलचित्रमा द्वन्द्व शंकर महर्जन, श्रृंगार रवी केसी, मधु न्यौपानेको गीत र सङ्गीत तारावीर पाण्डे र हरि थापा, नृत्य रामजी लामीछाने रहेका छन् ।

कार्यकारी निर्माता मदन ताम्रकार रहेको यो चलचित्रमा रामजी राउत, ज्ञानकुमार कट्टेल, मुख्य सहायक निर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायाँकन रहने छ भने, तारा थापा किम्भेको सम्पादन रहने छ ।

चलचित्रका कलाकारमा जय किशन बस्नेत, लय संग्रौला, एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, उत्तम नेपाल, सङगरत्न शाक्य, माया तमाङ, मदन ताम्राकार आशिस क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलवाल, रामजी रावत, पूर्णिमा अधिकारी, सन्तोष श्रेष्ठ, चन्दन आर्गेजा, शुभेच्छा थापा, राजु गिरी, सावित्रा चिलुवाल, बिनोद ठाकुर, गणेश केसी, अनिक लामा, रोशन मगर, बखत बिष्ट, प्रतिभा बिष्ट, ज्ञानकुमार कट्टेललगायत रहेका छन् ।

चलचित्र काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरालगायतका क्षेत्रमा छायाँकन हुनेछ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement