बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले चार स्वर्ण जितेको छ।

महिला ५० मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकी गौरीका सिंहले आफ्नो नाममा रहेको नयाँ रेकर्ड तोडेकी छन्। उनले ब्याकस्ट्रोकमा आफ्नो नाममा रहेको ३१ सेकेन्ड २२ पलको रेकर्डलाई तोड्दै आठौँमा ३० सकेन्ड ८५ पलमामा दूरी पार गरिन्। उक्त विधामा नेपाल पुलिसकी अनुष्का पोख्रेलले ३७ सेकेन्ड ७८ पलमा दूरी पार गरी दोस्रो र यूस्का महर्जनले ३९ सेकेन्ड ६३ पलमा दूरी पार गरि तेस्रो भइन्।

त्यसैगरी महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी गौरीकाले स्वर्ण पदक हात पारिन्। उनले ९ मिनेट ३९ सेकेन्डमा दूरी पार गरिन्। उक्त विधामा नेपाल पुलिस क्लबकी सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन्।

त्यसैगरी पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथान दोर्जे श्रेष्ठले स्वर्ण पदक हात पारिन्। उनले ९ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेर एपीएफका नासिर हुसैनलाई पराजित गरे। हुसैनल रजत जित्दा एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे।

सम्बन्धित खवर

Stay Connected

Advertisement