काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीलाई वि.स. २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने वसुन्धरा मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ ।

वसुन्धरा मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । उहाँहरुलाई पुरस्कारको साथै जनही ५० हजार रुपैयाँसमेत नगद दिइने घोषणा गरिएको छ ।

श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार र आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रज्ञाप्रतिष्ठान जनाइएको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement