काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे सकेको जनाएको छ ।

टेलिकमले काठमाडौंमा आयोजित कार्यक्रममा फोरजी सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ‍¥यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङलाई जिम्मा दिइएको जनाएको हो । उनीहरुले फोरजी विस्तारका लागि हाल सर्वेक्षणको काम तीव्ररुपमा भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ‍¥यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्लराम अधिकारीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम् लाभ लिन सक्नुपर्ने धारणा राख्नुभयो । अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधारपछि फाइभजीमा जाने समयमा पनि उपयोग हुने बताउनुभयो । टेकिलमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement