काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागि परेको बताउनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४औं वार्षिकोत्सव समारोहमा मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनु भयो । मेलम्चीको पानीमा जनताको अपेक्षा धेरै रहेकोले जनतालाई प्रशोधनसहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी गराउनु भयो । भ्याली बोर्डले गरेको कामप्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुर्याउन सरकार लागिरहेको दाबी गर्नुभयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement