दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको घोराहीमा भएको बास्केटबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जितेको छ।

चैत २८ देखि सुरु भएको प्रतियोगितामा पुलिसले प्रदेश ३ लाई २९÷५४ स्कोरले पछि पार्दै उपाधि हात पारेको हो। प्रदेश ३ दोस्रो र आर्मी क्लब तेस्रो स्थान प्राप्त गरेको छ।

यसैगरी, प्रदेश ३ लाई ५८÷७६ स्कोरले हराउँदै आर्मी क्लब प्रथम भएको हो। प्रतियोगितामा प्रदेश ३ दोस्रो भयो।

त्यस्तै गण्डकी प्रदेशलाई ५४÷७४ स्कोरले पछि पार्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल पुलिस क्लव प्रथम भएका छन्। प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम गरी १० समूह समूह सहभागी थिए।

सम्बन्धित खवर

Stay Connected

Advertisement