बुटवल । विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी आठौँ राष्ट्रिय खेलकुद क्रिकट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएका छन्।

भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा पुलिसले प्रदेश नं ५ लाई ६२ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘क’ को पहिलो खेल जितेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाउन सफल भयो । पुलिसका लागि कुशल भुर्तेलले ५५ रन बनाए भने दिपेन्द्रसिंह एरीले ३८ र मञ्जित श्रेष्ठले २२ रन नट आउट योगदान गरे। उद्घाटन खेलमा कुशल भुर्तेल म्यानअफ दि म्याच भए।

यसैगरी दोस्रो खेलमा विभागीय टिम सशस्त्र प्रहरी विजयी भएको छ। भैरहवामा भएको खेलमा सशस्त्रले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै विजयी भएको हो। टस जितेर ब्याटिङ गरेको सुदूपश्चिमले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो। उसका लागि दीपक बोहराले १७ रन बनाए भने लोकेश बमले १५ र खडक बोहराले १२ रनको योगदान गरे।

बलिङतर्फ शसस्त्रका सरद भेषवाकरले सर्वाधिक ५ विकेट लिए भने भुवन कार्की २, वसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए। जवाफमा शसस्त्र १९ ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएर खेल आफ्नो हातमा पार्‍यो। बिहीबार हुने दोस्रो दिनको पहिलो खेल प्रदेश ५ र शसस्त्र प्रहरीबीच हुने छ भने दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित खवर

Stay Connected

Advertisement