काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विद्यालय भर्ना अभियानलाई शसक्त रुपमा अघि बढाइने बताउनुभएको छ ।

बालुवाटारमा समता स्कुल काठमाडौंलाई वल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो वर्षमा केही बालबालिका भर्ना अभियानबाट छुटेको भन्दै यस पटकदेखि कोही पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित नहुने स्पष्ट पार्नुभयो । उहाँले विद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागि सार्वजनिक आह्वान पनि गरिसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर मुलुक बनाउने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । प्रधानमन्त्री ओलीले यस वर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा वल्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो । बिद्यार्थीहरुलाई १ सय रुपैंयामा विद्यार्थी पढाएको भन्दै वल्डबुक अफ रेकर्डस लण्डनले समतालाई प्रमाण पत्र प्रदान गरेको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement