महर्षि बाल्मीकी ब्रम्ह स्वरुप भइ बाल्मीकी रामायणको रचना गरे । उक्त रामायणअनुसार रामको नाम जब तन्मय भएर लिइन्छ तब हृदयमा उल्लास र आनन्द पादुर्भाव हुन्छ । राम परमब्रम्ह परमात्मा हुन् । सगुण लिलाको रुपमा राम दशरथको पुत्र हुन् । विद्वानहरुले राम शब्दको व्याख्या गर्दा जसले मनुष्यका कामनाहरुलाई पूर्ण गर्दछन्, जो आसुरी शक्तिको विनाशको लागि तत्पर रहिरहन्छन् उनी नै राम हुन् । रामको निर्गुण र सगुण गरी दुई रुप छन् । रामको व्यक्तित्वको अनुभूति तब हुन्छ जब राज्याभिषेकको सट्टामा उनलाई वन प्रस्थान गराइन्छ । रावण युद्धसम्म यसको विकास भएको छ । यदि रामलाई संघर्षमय जीवन व्यति तगर्नको लागि बाध्य नगरेको भए उनको ख्याति केबल एउटा आदर्श राज्यसम्म मात्र सीमित रहन्थ्यो । सुनलाई जति पोल्यो त्यति नै त्यसमा चमक आउँछ । रामको पनि तपले नै चमकता लेराएको देखिन्छ । उनको व्यक्तित्वको निखार, कष्ट र बाधाहरुलाई साहसपूर्वक विजय गर्दाले नै भयो । यदि यसको उल्टो राज्यको भागबण्डा ऐश्वर्यको जिन्दगीमा लागेको भए उनको कुनै नाम निशान हुँदैन थियो । कर्तव्यको घनघोर बाटोमा हिडिएकोले राम देवत्वको रुपमा प्रविष्ट भए । पिताको मुर्छा, मृत्यु, भाइहरुको हृदयमा व्यथा, पत्नीको कष्ट, आमाको वेदना, प्रियजनहरुको स्नेह आदि केहीले पनि कर्तव्यको बाटोबाट उनलाई हटान सकेनन् । उनले सधै व्यक्तिगत सुखको सट्टा लोकहितलाई नै प्रमुखता दिए । यही सुत्रको कारण उनलाई राम बनायो । अन्याय, अत्याचार र अधर्मकोविरुद्ध संघर्ष गरेर साहस, पराक्रम, कौशल, आत्मविश्वास र संगठन शक्तिको नमुना प्रदर्शन उनले गरे ।

अँध्यारो कोठामा रोपिएको गमलाको विरुवा पनि झ्यालको उज्यालोतार्फ मोडिन्छ र अँध्यारोमा थुनिएका किरा फट्याङग्रा पनि उज्यालो पछ्याउँदै निस्केर भाग्ने प्रयास गर्दछन् । उज्यालो तर्फको गति मानिसको लागि मात्रै होइन, वनस्पति किटपतङ्गको लागि पनि उत्तिकै आवश्यक छ । जुन सत्य हो, विज्ञान पनि त्यही हो, जुन विज्ञान हो मान्छेले खोज्नु पर्ने पनि त्यही हो । यसैलाई वेदले ९तमसोमा ज्योतिर्गमय० अन्धकार हटाएर उज्यालोतार्फ लाग्न प्रेरणा दिन्छ ।

रावण तामसी गुणले ओतप्रोत भएका अहंकारी मनका बृत्तिहरुको उदाहरण हो । जो हिन भावना र रोगी हो । शक्तिको पुञ्ज चेतना आत्मारुपी रामले हिनता माथि विजय प्राप्त गर्दछन् । राम चेतन आत्माको प्रतीक हुन् । दशरथलाई दश इन्द्रियहरुले युक्त शरीर पनि भनिन्छ । रामको (चेतन आत्मा) वन प्रस्थान गर्दा (शरीरबाट निक्लदा) दशरथको प्राण गयो । सीताको चेतन प्रकाशबाट ओतप्रोत किरणले रावणको लंकारुपी तामसी बेगलाई आलोकित गरायो । विभिषण मन्दोदरी, त्रिजटा जस्तो व्यक्तिहरुमा केही चमक आयो । उनीहरुले तामसी बृत्तिहरुको विद्रोह गरे । रामलाई मानसिक चेतनाका प्रतीक मानिन्छ । रामको पादुकालाई रामको प्रतीक मानेर भरत राज्य शासन चलाउछन् । यसको अभिप्रायः यो हो कि आत्माको सद्पे्ररणाबाट नै मन उध्र्वगामी हुन्छ । उसैको उत्तरोत्तर विकास हुन्छ । जसरी आत्मा र मन एक दोस्रोको पुरक हुन्छ । त्यसरी नै राम र भरतमा एउटै सत्ताका दुई रुप मान्न सकिन्छ । नन्दग्राममा भरत साधना गर्दछन् । हनुमान, अंगद, सुग्रिभलाई यसको सद्बृत्तिहरु र सद्भावहरुको रुपमा ग्रहण गर्न सकिन्छ । जो उच्च आत्माबाट प्रकाशित छन् ।

शुर्पणखा काम बासनाको मुर्तरुप हो । जसको विवेक अस्थिर छ र जो विवेक माथि नै आक्रमण गर्न खोज्दछे । लक्ष्मणलाई समयको प्रतीक मानिन्छ । जो आत्मस्वरुप रुपबाट कहिल्यै अलग हुँदैन तर, मेघनाथको विलक्षण शक्तिले लक्ष्मणलाई मुर्छिन बनायो । यसबाट आत्मरुपी राम पनि भयभित भए कि कतै लक्ष्मण उनीबाट सदाको लागि विदा त हुँदैनन् १ हनुमान सद्बृत्तिहरुको प्रतिक पवन पुत्र हुन् । जसले ज्यान जोखिममा पारी संजीवनीको व्यवस्था गरी लक्ष्मणको प्राण बचाए । राममा समुन्द्रसमान गाम्भीर्यता छ । उनीमा हिमालय जस्तो दृढ धैर्यता, विष्णु समान पराक्रम, सोम समान प्रिय दर्शन, क्रोधको प्रदर्शन गर्न सक्ने भए तापनि पृथ्वी जस्तो क्षमाशील, कुवेर जस्तो त्यागी र सत्यको पालनामा धैर्यको मूर्ति थिए । सु–सम्पन्न राज्य त्यागेर वनतिर लागे । यिनको यी गुणले उनलाई समस्त मानवजाति भन्दा श्रेष्ठ सिद्ध गर्दछ । क्रुरताको अभाव, दया, विद्या, शील, दम, शम जस्ता ६ गुणहरु राममा थिए । रामराज्यका सम्पूर्ण मूल्य मान्यताहरु जनकल्याणमा आधारित भएको र आज पनि सुशासन, सु–व्यवस्था आदि लोक कल्याणकारी आदर्श राज्य व्यवस्थाका शासकीय गुणहरुलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन ‘रामराज्य’ शब्द समर्थ छ । वास्तवमा प्रणव, वेद अथवा सत्यबाट चित्त शुद्धि हुन्छ । चित्त शुद्धि भएपछि सत्य ब्रम्ह्र परम यसको प्राप्ति सरल बन्छ । लोक व्यवहारमा पनि अर्थ र कामको भन्दा धर्मको महत्व बढी मानिएको छ । अर्थ र कामको प्रभाव त छदैछ । तर, धर्म जीवलोकका सम्पूर्ण श्रेयहरुको सबैभन्दा बढी महत्वपूर्ण एक मात्र कारण हो । धिंन्वनाद धर्म स् धिन्वनको अर्थ हो धारण या आश्वासन दिनु, दुःखबाट पीडित समाजलाई धैर्य दिएर सुखको मार्ग देखाउनु, यस्तो प्रकारको आचारणको नाम हो धर्म । जसको आचारण वा समाज अद्योगतितिर नजाओस् र आफ्नो उच्च आशनमा स्थिर रहन सकोस जसको आचरणबाट व्यस्टि अथवा समष्टि आफ्नो यथार्थ जीवन धारणा गर्छ त्यो आचारण विशेषको नाम नै धर्म हो । मनुष्य भावबाट पशुभावमा ढल्नु प्रकतिको स्वभाव हो । प्रकृतिको स्वभावले नै पानी तल खस्ने हो । अर्थात् यदि धर्मको अवलम्बनले पूजा अद्योगतितिर तल ओर्लन्छ, ओर्लिदै जान्छ । यसलाई रोक्नेको नाम हो धर्म । यसैले धर्म एवहतो हन्ति, धर्मो रक्षति रक्षितः भनिएको छ । यसैले रामले सत्य धर्मको जुन शास्वत महिमाको उद्घोष गर्नुभएको छ, त्यसैलाई आधारमानी व्यवहार गरेमा जगतको कल्याण सम्भव छ ।

त्रेतायुगमा इक्ष्वाकुवंशमा अयोध्याका राजा दशरथका तीन रानीहरुमध्ये कौशल्याबाट चैत्र शुक्ल नवमीको पुनर्वसु नक्षत्र र कर्कलग्नमा रामको जन्म भएको शास्त्रहरुमा उल्लेख छ । यही दिनलाई राम नवमी भनिन्छ । ‘समयले प्राणी जन्माउछ, समयले नै प्राणीलाई विनाश गर्छ र सुतेका लागि पनि समयले नै जगाउँछ । त्यसैले समय अविजेय हुन्छ भन्ने कुरा नीति शास्त्रमा उल्लेखित छ ।

कामबाट संचालित, स्वेच्छाचारी जीवनले सबै लोकको विनाश गर्दछ भन्ने दृष्टिकोण रामको रहेको छ । संसारमा सत्य नै सम्पूर्ण रुपमा सर्वसमर्थ छ । धर्मको आश्रय हो सत्य भन्दा भिन्न कुनै अर्को परमपद हुँदैन । मानवताको मेरुदण्ड नै सत्य हो । मावन जीवनमा बाहिरि र भित्रि सत्य अपेक्षित छ । अँध्यारो कोठामा रोपिएको गमलाको विरुवा पनि झ्यालको उज्यालोतार्फ मोडिन्छ र अँध्यारोमा थुनिएका किरा फट्याङग्रा पनि उज्यालो पछ्याउँदै निस्केर भाग्ने प्रयास गर्दछन् । उज्यालो तर्फको गति मानिसको लागि मात्रै होइन, वनस्पति किटपतङ्गको लागि पनि उत्तिकै आवश्यक छ । जुन सत्य हो, विज्ञान पनि त्यही हो, जुन विज्ञान हो मान्छेले खोज्नु पर्ने पनि त्यही हो । यसैलाई वेदले (तमसोमा ज्योतिर्गमय) अन्धकार हटाएर उज्यालोतार्फ लाग्न प्रेरणा दिन्छ ।

राम मानिसको रुपमा आएका विष्णु भगवान हुन् । जसको घरमा राम आउनु हुन्न उसको कामरुपी रावण पर्दैन । मर्यादा पालनपछि मात्र रावण मर्दछ । राम मर्यादा पालक हुन् । साधनलाई सकारात्मक भावले चलाउने मानिसको सोच नै सकारात्मक सोच हो । त्यसैले जीवनको जीवनलाई सुखी गराउँछ । उसले जीवनका कर्मलाई यज्ञ मान्दछ । यज्ञले मानसिक शुद्धि गर्दछ । कर्मलाई भारी वा समस्याका रुपमा हेर्ने सोच नकारात्मक हो । नकारात्मक विचारले जीवनका असुविधालाई कठिन युद्धका रुपमा हेर्छ उसको जीवनमा यज्ञको अवसर नै हुँदैन । अतः वर्षमा दुई वटा नवरात्र पर्दछन्, एउटा चैत्र प्रतिपदादेखि नवमीसम्म अर्को असोजको शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने, रावणले सीता हरण गरेपछि रामले देवीको उपासना गरी रावणमाथि विजय प्राप्त गरेको कुरा शास्त्रहरुमा वर्णित छ । त्यसैले चैत्र अष्टमीमा शक्तिपीठहरुमा विशेषरुपले पूजा अर्चना गर्ने चलन छ । यस नवरात्रलाई सानो दशैं अथवा चैते दशैं पनि भन्छौं । राम जन्मेको उपलक्ष्यमा राम नवमी वा राम जयन्तीको रुपमा पनि मनाइन्छ । त्रेतायुगमा इक्ष्वाकुवंशमा अयोध्याका राजा दशरथका तीन रानीहरुमध्ये कौशल्याबाट चैत्र शुक्ल नवमीको पुनर्वसु नक्षत्र र कर्कलग्नमा रामको जन्म भएको शास्त्रहरुमा उल्लेख छ । यही दिनलाई राम नवमी भनिन्छ । ‘समयले प्राणी जन्माउछ, समयले नै प्राणीलाई विनाश गर्छ र सुतेका लागि पनि समयले नै जगाउँछ । त्यसैले समय अविजेय हुन्छ भन्ने कुरा नीति शास्त्रमा उल्लेखित छ । कुनै पनि वस्तुलाई जान्नु ‘ज्ञान’ हो । जसरी ब्रम्हलाई जान्नु या आफ्नो आत्मालाई जान्नु ब्रम्ह ज्ञान या आत्माको ज्ञान भनिन्छ । आत्माको या सर्वव्यापक ब्रम्हलाई आफ्नो अन्तरबाट चिन्नु यही ब्रम्ह ९आत्मा० को विज्ञान हो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement