काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा पाठेघर श्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रागिरि महिला जागरण समूहले शिविरको आयोजना गरेको हो । सतुंगल स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टरहरुको सहयोगमा चेकजाँच गरिएको थियो । शिविरमा ७५ जना महिलाले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणसँगै निःशुल्क औषधि वितरण पनि गरिएको थियो ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका ४ जना डक्टर, स्वास्थ्य चौकीका इञ्चार्ज सीमा पौडेल, कर्मचारी भालेश्वर यादव, इन्टर्नमा आएका २० जना स्टाफ नर्स, समाजसेवी मुकुन्द प्रसाद घिमिरे, धवलागिरि आवास क्षेत्र विकास समाजका अध्यक्ष देव महर्जनलगायतले शिविर संचालनमा सहयोग पुर्याउनु भएको थियो ।

चन्द्रागिरि महिला जागरण समूहका अध्यक्ष विष्णुमाया बानियाले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबै व्यक्तिहरुलाई धन्यवाद दिनुभयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement