काठमाडौं । रसुवागढी जलविद्युत आयोजना, माथिल्लो सान्जेन र सान्जेन गरी १६८ मेगावट जलविद्युत् आयोजनामा पुँजी जुटाउन बैशाख पहिलो साताबाट सर्वसाधरणका लागि शेयर खुलाइने भएको छ ।

ऊर्जा मन्त्रालयले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रीस्तरीय बैठकबाट जनताको जलविद्युत आयोजना अन्तर्गत पारिएका यी दुई आयोजनाको लागि आगामी बैशाख ६ देखि १० गतेसम्म शेयर आवेदन खुल्ला गर्ने जानकारी दिएको हो । दुबै आयोजनामा सर्वसाधरणको १५–१५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । स्थानीयले छुट्टाइएको १० प्रतिशत र सर्वसाधरणलाई छुट्टाइको १५ प्रतिशतबाहेक अन्य ७५ प्रशित शेयर यसअघि नै आयोजनाले उठाइसकेको छ । स्थानीयको लागि सान्जेनमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर छुट्टाइएको छ ।

त्यस्तै, रसुवागढी आयोजनामा एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधरणको लागि छुट्टाइएको छ । रसुवागढीबाट १११ मेगावाट, सान्जेनबाट ५७ मेगावाट विद्युत् उत्पादन गर्न लक्ष्य राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभयो ।

न्यूनतम ५० देखि अधिकतम पाँच हजार कित्ता शेयर भर्न पाइने व्यवस्था गरिएको छ । यसअघि माथिल्लो त्रिशूली थ्री ’बी’मा १० प्रतिशत रकमले अर्थात १०० रुपैयाँ शेयरको लागि १० रुपैयाँले बुकिङ गर्न पाइने व्यवस्था गरिएकोमा यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन । दुवै आयोजनाको ५० प्रतिशतभन्दा बढी प्रगति भएको कारण शतप्रतिशत रकम नै बुझाउनु पर्ने व्यवस्था गरिएको हो । सान्जेनमा अहिलेसम्म ७७ प्रतितश भौतिक प्रगति भएको छ भने रसुवागढीमा ७० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । २०७६ साल फागुन ७ गतेबाट उत्पादन सुरु गर्ने गरी आयोनाको काम गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement