काठमाडौं । संघीय सरकार मातहत समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले काममा फर्कन सरकारले गरेको आग्रह अस्वीकार गरेका छन ।

चिकित्सकहरुले समायोजनमा आफूहरुलाई संघ अन्तरगर्त राखिनुपर्ने भन्दै गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेका हुन् । आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा उपचारका लागी अस्पताल पुगेका बिरामी मर्कामा परेका छन ।

स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई विरोधका कार्यक्रम फिर्ता लिई सेवामा फर्किन वा कारवाही भोग्न तयार रहन चेतावनी दिएको छ । चिकित्सकहरुले त्रुटि नसच्याए सामुहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । गत शुक्रवारदेखि चिकित्सकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

सम्बन्धित खवर

Stay Connected

Advertisement