काठमाडौं । सरकारले गरिव नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गर्नुभएको हो । मन्त्री खतिवडाले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिनुभयो । सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ ।

नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्याउन सरकार लागि परेको बताउनु भयो । अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement