जडीबुटीमा पुष्प लागेर वृद्ध अवस्थामा नपुग्दै अथवा अपुष्पित परिपक्व हुँदा निरोगी छानेर प्रयोगमा ल्याउनुपर्छ । जरा उखाल्दा केही मसिना जरा रोपेर छाड्नुपर्छ । जडीबुटी ग्रहण समय प्रातःकाल उत्तम हो । साना जडीबुटी र लतावर्गमा पत्र, पुष्प, बीज, जरा, काण्ड, पञ्चाङ्ग लिने चलन र यदाकदा सर्वाङ्ग उपयोग पनि गर्नुपर्छ । ठूला रुखको फल प्रयोग गरिन्छ । बोक्रा वा काण्ड फलको अभावमा काम चलाउनुपर्ने हुन्छ । कतिपयको पात र फूल प्रयोग गरिन्छ । हरिया पात, सानो झारबुटी हावामा सुकाउनुपर्छ । ढुसी लागेर कुहिने अवस्थामा बाहेक घाममा नसुकाउँदा राम्रो मानिन्छ । गाउँघरमा सोधेर कुनकुन समयमा पूर्ण वयस्क हुन्छन् ? पालुवा चढन् बेला नहुँदै पतझर विरुवाका बाक्रा लता लिनुपर्छ । कीरा नलागेको स्वस्थकर सर्वाङ्ग या एक अङ्ग यथासमयमा संकलन गरेर राख्नुपर्छ । फेरि वर्ष दिन कुर्न नपरोस् । धेरै रुपैयाँ दिएर राम्रो चीजको खोजी गरी सद्धे मानिसहरुसँग सम्बन्ध सम्पर्क बढाई संग्रह गर्नुहोस् । आफूलाई हुन्छ र सबैलाई पुग्छ । एक छाक भोजनको ऋण सजिलो गरी तिरियोस् । ख्वाउन्जेल खुशीले दिनेहरु पछि पछुताउँछन् । यसकारण उनीहरुको ऋण अमृतवाणीद्वारा व्यक्त गरिदिनुपर्छ । घाँसफुसको कुराकानी भन्नेहरु पश्चातापमा जेलर मृत्यु निम्त्याउँछन् । संकलन गर्नेलाई नीच कर्म भन्न पनि पछि पर्दैछन् । जडीबुटी औषधिलाई निम्न तरिकाबाट प्रयोग गरिन्छ ।

१. ताजा पिसेर खाने विधि : ताजा जडीबुटी–वनस्पतिलाई आवश्यक पर्ने एक अंग अथवा पंचाङ्ग चोप सारसहितको तात्तातै पिसेर महिन बनाई खाइन्छ । ३–५ ग्रामको टुक्रा नै चुस्न सकिन्छ वा चपाएरै निल्न मिल्छ । जो कोहीले जहाँ कही पनि चिनेर, जानेर र बुझेर खाँदा समस्त रोगलाई घटाएर हटाउन सकिन्छ । उपयोगी पौष्टिक तत्व भएको खाने गर्दा सजिलै जीवन धान्न सकिन्छ । पिसेर खाँदा तितो र टर्रोलाई पानीसँग र मीठो र अमीलो एक्लै निलिन्छ । कटु वर्गका पीरा खाँदा मनतातोपानी आवश्यक पर्छ ।

२. रस निकाल्ने विधि : ताजा जडीबुटीबाट स्वरस निकालेर हरियो नै पिउने चलन छ । ताजामा अनौठो शक्ति प्राप्त हुन्छ । तेल, घ्यूजस्तो चोप या त्यसको सारतत्व फेला पर्दछ । खुब भाग्शाली बिमारीले यस्तो उपचार प्रयोग गर्दछन् । त्यो अदृश्य शक्तिसमेत रसमा जीवनीयतत्व मिसिन्छ, तब चमत्कारी कार्य गर्दछ । फलामेखलमा कुट्दा रस ननिक्लेमा हाँडीमा बफाएर निचर्नुपर्छ । सुक्खायाममा कडा झारबुटी रस निस्किएन भने औषधिको चौथाई भाग तातोपानी राखेर कुटी ३ घण्टापछि रस निचर्नुपर्छ । दिनहुँ रस नयाँ नयाँ प्रयोगमा लिनुपर्छ । दिनभरका लागि एकैपटक बनाई राख्दा सजिलो हुन्छ । एकल वा मिसाएर आवश्यकतानुसार प्रयोग गर्नुपर्ने हुन्छ ।

३. धूलो पार्ने विधि : हावामा या कम घाममा छायाँ केहीबेर सुकाएको जडीबुटीलाई ढिकी खल या मेसिनहरुको सहयोगले चूर्ण बनाउने प्रचलन छ । यस्तो धूलोलाई छानेर, चालेर सुरक्षित राखिन्छ । १ वर्षभन्दा पुरानो धूलो प्रयोगमा ल्याउनु हुँदैन ।

४. खोटो बनाउने विधि : धोई, पखाली हप्तादिन हावामा सुकेका जडीबुटी एक भागलाई आठ भाग पानीराखी पकाइन्छ । तीन भाग रहँदा आगोबाट निकालेर सेलाएपछि कपडछान गरी पानीमात्र फेरि पकाइन्छ । मन्दमन्द अग्निमा पाक्दापाक्दै नडढोस्, नजलोस् पानी रहँदै नरहोस् । जब भुइँमा निकालेर काठका या शिशाका भाँडमा राखिन्छ । यस्तो गिलो, खोटो आवश्यकतानुसार चौथाइ देखि १ चम्चा मनतातो पानीसँग खाइन्छ । केही शोथ, घाउ र चोटमा लेप लगाउन मिल्दछ । एक महिनामा खोटोले अति राम्रो काम गर्छ, ३ मासमा कम र ६ महिनामा कामै गर्दैन । शुद्ध मधुमा समान भाग खोटो घोल्नु भएमा लामो समयलाई हुन्छ । यो खोटोलाई अवलेह भनिन्छ ।

५. गोली बनाउने विधि : उल्लेखित जडीबुुटीलाई उही ३ नं. को जडीबुटीको आधा चूर्ण मिसाएर चनाको दानाजत्रो गोलो गरी बनाउनुहोस् । जब कि २–३ गोलोले मात्र पूरा गरोस् । धेरै जस्तो जडीबुटीको खोटोमा थोरै घ्यू राखेर बनाउनुभएमा लामो समयसम्म बिग्रदैन । सबैमा घृत नराखौँ किनकि पेटका घाउहरुमा खटिरामा पनि खान र लगाउन पाइयोस् ।

६. भस्म विधि : शुद्ध जडीबुटीहरुलाई १ पटकमा नै पोलेर डढाएको सेतो खरानी बनाइने प्रचलन छ । यस्तो विभूतले औषधिय कार्यमा राम्रो काम गर्छन् । धातु, ढुंगा आदि पत्थरका भस्म बनाउँदा माटोको भाँडाभित्र औषधि राखेर १ पटक, दशौंवार, सतुपुटी, सहस्रपाक गरेर भस्म अमृत बनाइन्छ । विभिन्न जडीबुटीको रसयोग जोडेर धेरै कष्ट उठाएर बहुत परीक्षाको लगानीमा भयङकर तपस्या गर्नुपर्ने हुन्छ । महँगा धातु बहुमूल्य रत्नादिको भस्मले हजारौं रोगलाई तत्काल शान्त पार्दछ । हीरा, सुनका अमूल्य भस्मादिको प्रयोगले गर्दा जटिल रोगलाई छिटो सन्चो गराउँदछ ।

७. अरिष्ट बनाउने विधि : काष्ठादि औषधिहरुको क्वाथ प्रयोग गरी तयार गरिएको झोल पदार्थलाई अरिस्ट भनिन्छ । यो अति लाभकारी हुन्छ ।

८. काँढापानी विधि : चियाको रुपमा काँढा बनाएर चाहिएको बेलामा सुकाएको जडीबुटीलाई पकाउँदै मजाले खान सकिन्छ । अलि बाक्लो क्वाथ १०–१५ दिनलाई पुग्ने बनाएर राखेमा आबश्यकता परेको बखत खान पाइन्छ ।

९. अर्क खिचेर पसिना निकाल्ने विधि : आजको सभ्य समाजमा अर्कको प्रयोग ज्यादै नै बढिरहेको छ । कुनै पनि चीजलाई पानीमा पकाएर माथि चिस्याई बीचमा सानो/नानी भाँडोमा अथवा प्वाल पारी बाहिर संकलन गरी सुरक्षित अर्क राखिन्छ । ताजा/सुकेको जडीबुटी द्रव्यांशमा तामा/ढलौटको भाँडामा चार–आठ गुणा पानी राखी मन्द आँच दिएर माथिल्लो भाँडाको चिसो पानी फेर्दै अर्क निकाल्ने गरिन्छ । आ–आफ्ना २५ प्रतिशत गुण–धर्म–शक्ति लिएर अर्क स्वरुप परिवर्तन हुन्छन् । ताजामा अत्तर तेल निस्कन्छ भने सुकेपछि अर्क (रक्सी) राम्रो बन्छ । मदकारक र वेदनानाशक सर्वोत्तम जडीबुटीहरुलाई कोदोमा २–३ हप्ता पकाई अर्क खिचिन्छि । एकपाने एक लाख रुपैयाँ पर्छ भने २–३ पानेलाई ५०–२५ हजार पर्छ । यो अति महंगो पर्छ ।

१०. अत्तर निकाल्ने विधि : २४ घण्टाअगाडि काटिएको वनस्पतिलाई पकाउने÷बफाउने÷चिस्याउने÷छान्ने गरी सारतत्व खिचेर सुगन्धित उत्तर निकालिन्छ । तैलीय सत्व तथा बास्नादारतत्व संकलन भई अत्तर बन्दछ । आजको विकसित युगमा साना/ठूला मेसिन राखी महंगा अत्तर उत्पादन गर्ने प्रचलन छ । अत्तरको मिसावट खाद्य पदार्थदेखि औषधिसम्म जीवनलाई आनन्दमय पार्न हरतरहले प्रयोग गर्नेहरुको माग बढ्दो छ । अरबौं रुपैयाँ आर्जन गर्ने अनन्त माध्यम अत्तर व्यवसाय एकदम फस्टाउँदो छ ।

११. क्षार निर्माण विधि : डढाएर पोलपाल पारी अग्नि थप दिएर सेतो भस्म पारिकन विभूत–खरानीलाई आठ गुणा पानीमा भिजाउनुपर्छ । २–३ दिन समय समयमा चलाउँदै गर्ने र १२ घण्टा स्थीर रहन दिई पानीमात्र छान्ने, पीधको धमिलो खरानी पानी कत्तिपनि नआओस्, केबल संङ्लो पानीलाई पकाएर सुकाउने, भाँडाको पीधमा सेतो पदार्थ क्षार रहन्छ । विष/उपविषको क्षरमा कडा रासायनिकतत्व हुन्छ भने अन्यमा पनि प्रभावशाली रसायन पाइन्छ । क्षार भनेको लवणतत्व नै हो र धेरै कडा औषधि बन्छ । १–२ ग्रामले १–२ मात्राले चमत्कार गराउँछ । प्राचीन ऋषिमुनिले क्षारबाट नै शल्यक्रिया गराउँथे । कुनै अंगलाई काट्न/छेड्न पर्दैनयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement